हरेक वर्ष झै यस वर्ष पनि बाबा आवसीय माध्यमिक विद्यालयमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ औ जन्मजयन्तीको अवसरमा भनुभक्तीय रचना पाठ प्रतियोगिता भब्यताका साथ सम्पन्न भयो । विद्यालयका १३ जना छात्रछात्राले कविता वाचन गरेका थिए । कविता वाचन तर्फ पहेलो सदनकी छात्रा निरा गुरुङ पहिलो , निलो सदनका छात्राहरु ममता लामा र आनुज्ञा पोखेरेल दोस्रा तथा पहेलो सदनकी छात्रा स्नेहा श्रेष्ठ तेस्रो भए । यसै सन्दर्भमा विद्यालयका सहायक् प्रधानाध्यापक श्री डि. बि. दाहालले आफ्नो विचार राख्दै भानुभक्तले भाषिक विकास मात्र नगरी नेपाली संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण योगदान दिएको बताउनुभयो । यस्ता कार्यक्रमहरुले बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने विचार राख्दै कार्यक्रमको समापन भयो ।

Baba Boarding High School

” My child is enjoying her new school and is happy with her teachers. Little things in life matter and she has started taking care of those little things. She has become more confident and has started taking decisions on her own. ”

Name1st grade Parent , Elementary school